नेपालले क्यानडामा एकदिवसीय शृङ्खला मात्रै खेल्ने

 असार १२, २०७९ आइतबार १४:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने भएको छ ।

विश्व कप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयरल्यान्डमा त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले क्यानडामा टी–२० र एकदिवसीय खेल्ने योजना थियो । तर भिसालगायतका कारण नेपालले क्यानडामा तीन खेलको एकदिवसीय शृङ्खला मात्रै खेल्ने एको हो । जसमा क्यानडाको राष्ट्रिय  टोलीसँग दुई खेल र स्थानीय क्लबसँग एक खेलको तालिका रहेको छ । 

नेपालले आउँदो जुलाई १ तारिख अर्थात् असार १७ गते ओन्टारियो क्लबसँग तथा ४ र ५ तारिख अर्थात् असार २० र २१ गते क्यानडाको राष्ट्रिय टोलीसँग एकदिवसीय खेल खेल्नेछ । 

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आयरल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृङ्खला जुलाई ११ तारिख अर्थात् असारको २७ गतेदेखि सुरु हुनेछ । 

यस्ताे छ टाेली–

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया