नेदरल्यान्ड्सले दियाे नेपाललाई १ सय ५८ रनकाे लक्ष्य
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा हैजाका बिरामी भेटिने क्रम बढेको छ । पछिल्लो पटक पाटन र नैकापमा पनि हैजाका बिरामी भेटिएसँगै उपत्यकामा फरक–फरक नौ ठाउँमा गरी १० जना हैजाका बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।
यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए । फरक–फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि उपत्यकामा हैजा फैलिएको हुनसक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षणलगायतका कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले बताउनुभयो । हैजाबाट बच्ने तथा रोकथामका उपायकाबारेमा माइकिङ गर्ने लगायतका काम भइरहेको पनि उहाँले बताउनुभयो ।
प्रवक्ता मिश्राले केही पटक पखाला लाग्नासाथ स्वास्थ्य संस्थामा जान पनि अनुरोध गर्नुभयो । हैजा खानपानका माध्यमबाट सर्ने भएकोले पानी उमालेर मात्रै खानुपर्ने, सकेसम्म घरबाहिर गएर नखाने, सरसफाइमा ख्याल गर्ने र घरमा कसैलाई हैजाको लक्षण देखिएमा परिवारका अरू सदस्य पनि सचेत भएर बिरामीलाई अस्पताल लगिहाल्न उहाँकाे अनुराेध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।