पाटन अस्पतालमा हैजाको उपचारका लागि छुट्टै डेस्क स्थापना हुने

 असार १३, २०७९ सोमबार ८:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ ।

हिजो बसेको बसेको जिल्लाका सुरक्षा अधिकारी, पालिका, जनस्वास्थ्य अधिकृत, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्याङ्कर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको स्वास्थ्य समस्याको उपचारका लागि पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क स्थापना गरिनेछ । ललितपुर जिल्ला र अरु ठाउँबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले पाटन अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया