२४ घण्टामा ४१ जनामा काेराेना सङ्क्रमण

 असार १३, २०७९ सोमबार १७:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५८ जनाकाे नमुना परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यही अवधिमा २० जना सङ्क्रमित निकाे भएका छन् ।  मन्त्रालयका अनुसार अहिले दुई सय आठ सय सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन । 

थप एक लाख २७ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया