दसैँको मुखमा गाडीभाडा बढ्यो, व्यवसायीसामू सरकार निरीह, समितिका बैंक खाता फुकुवा हुन सक्ने

 असोज ६, २०७५ शनिबार २१:१:१९ | उज्यालो सहकर्मी

काठमाडाैं - शनिबारदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ ।

सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा सरकार तत्कालका लागि सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन तयार भएको हो

७ गतेदेखि नै भाडा बढाउने तर मंसिर २९ गतेसम्म वैज्ञानिक भाडादर कायम गर्ने पनि सहमति भएको छ । वैज्ञानिक भाडादरका आधारमा अहिले भन्दा केही घटबढ हुन सक्नेछ । 

सरकारले कि पेट्रोलको भाउ घटाउनुपर्ने कि भाडा बढाउनुपर्ने भन्दै व्यवसायीले दसैँको टिकट समेत बुकिन गरेका थिएनन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा तत्कालका लागि इन्धनमा भएको मूल्य वृद्धि अनुसार १० प्रतिशत भाडा बढाउने र दीर्घकालीन रुपमा भाडादर कति बनाउने भन्नेबारे विस्तृत अध्ययन गरि प्रतिवेदन बुझाउन यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिनुभयो ।

समितिले २ महिनामा प्रतिवेदन बुझाउने छ । 

यस्तै बैठकले यातायात समितिका रोक्का रहेका खाताबाट अनिवार्य दायित्वभित्र पर्ने खर्च भुक्तानी गर्न बैंक खाता फुकुवा गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि गरेको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया