वर्षाको कारण काठमाण्डौ उपत्यकाको फोहाेर ढुवानीमा समस्या

 असार १४, २०७९ मंगलबार ८:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाण्डौ उपत्यकाको फोहाेर ढुवानीमा फेरि  समस्या भएको छ । निरन्तर परेको पानीले काठमाण्डौदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडक भत्किँदा  नियमित रूपमा फोहरका गाडी जान सकेका छैनन् ।  

सामान्य अवस्थामा हरेक दिन तीन सयसम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । तर, लगातारको झरीले सडक भत्किँदा अहिले मुस्किलले एक सय गाडीले मात्र फोहर ओसारेका काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहरकै डङ्गुरबाट गाडी बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताउनुभयो ।

गएको फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीयबासिन्दा र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाण्डौमा फोहोर थुप्रिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीन्दाको समस्यालाई समाधान गर्नका लागि केही दिनअघि स्थानीयबासिन्दा र जनप्रतिनिधिसँग काठमाण्डौ महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो ।

तत्कालका लागि स्थानीयवासीन्दाको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आउँदो साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगरे जरिबाना लिने सूचना निकालिसकेको छ । फोहोरको वर्गिकरण नगरे हरेक पटक ५ सय रुपैयाँ जरिबाना तिराइने छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया