विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : वर्षमान पुन

 असार १४, २०७९ मंगलबार १०:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताउनुभएकाे छ । 

पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताउनुभयाे । अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको तथा असमानता र विभेदको खाडल गहिरिँदै गएको भन्दै पुनले त्यसका लागि पुुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क गरे । पुँजीवादको विकल्प समाजवाद भएको भन्दै उनले फेरि एकपटक संसारभर समाजवादी व्यवस्था स्थापना हुने बताउनुभयाे ।

‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ । यो पुँजीवादी विश्व व्यवस्थामा आएको संकट हो’, राजधानीमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा पुनले भन्नुभयाे, ‘मार्क्सले भन्नुभएको थियो, पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ । त्यो समय अब आएको छ ।’

पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताउनुभयाे । समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवाशमा जनताको अधिकार ग्यारेण्टी हुनुपर्ने उहाँकाे भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा विगतको तुलनामा लगानी बढाए पनि त्यो पर्याप्त नभएको उनले उल्लेख गर्नुभयाे । केही प्रदेश र पालिकाहरुले जनताको आधारभूत स्वास्थ्य निःशुल्क गरेको बताउनुभयाे ।

‘हामीले संविधानमा नेपाललाई समाजवाद उन्मुख भनेका छौं’, पुनले भन्नुभयाे, ‘त्यो भनेको शिक्षा, स्वजास्थ्य रोजगारीको ग्यारेण्टी हो ।’ 

फरक प्रसंगमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले नेपाली अर्थतन्त्र दबाबमा रहेको बताउनुभयाे । काेराेना महामारी र रुस–युक्रेन युद्धको नारात्मक प्रभावका कारण  श्विव्यापी आर्थिक मन्दीको अवस्था आउन सक्ने पुनकाे भनाइ छ । नेपाली अर्थतन्त्रमा मुद्रास्फिति र तरलता अभावजस्ता चुनौती देखिएको भन्दै उहाँले सबै मिलेर समस्या समाधान गर्नुपर्ने विचार व्यक्त पनि राख्नुभयाे ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया