पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित

 असार १५, २०७९ बुधबार १०:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।

गएराति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भइन् । 

सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन् । 

एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया