नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने

 असार १६, २०७९ बिहिबार ६:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो।

क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग खेल्ने क्यानले जनाएको छ ।

नेपाली टोली अहिले क्यानडा भ्रमणमा छ । क्यानडामा दुई खेलको एक दिवसीय र एक स्थानीय क्लबसँगको अभ्यास खेलपछि टोली स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया