साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ । भाडा बढाउन नपाए दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने घुर्कि लगाएका यातायात ब्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छठपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो ।
यसका लागि हिजै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले २ महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ । हिजो बढेको भाडा इन्धनमा भएको मूल्यवृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात व्यवसायीको दाबी छ । उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ ।
सिण्डिकेट हटाएको र सवै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात ब्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरि भाडा बढाउने सहमति दिएको हो ।
बढेको भाडा अाइतबार दिउँसो पछि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीको माग अनुसार भाडा बढाए पनि दशैंको लागि अग्रिम टिकट बुकिङ खुलाउने बारेको अन्यौल भने कायमै छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे विभागको पत्र पाएपछि भोलि बैठक बसेर मात्रै टिकट बुकिङबारे औपचारिक निर्णय गर्ने भएको छ । यातायात व्यवस्था विभागका दुई पदाधिकारी र यातायात व्यवसायीका एक प्रतिनिधि सम्मिलित समितिले दुई महिनासम्म अध्ययन गर्ने र चाडपर्व लगत्तै वैज्ञानिक भाडादर लागू गर्ने सहमति भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।