ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ ।
खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।
नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् ।
अमेरिकामा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला टोलीमा छैनन् । स्कटल्यान्डमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ । नेपालले असार २७ र ३२ गते स्कटल्यान्ड तथा असार २९ र साउन एक गते नामिबियासँग खेल्नेछ ।
अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेलमा बराबरीसहित १५ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपाललाई सिधै विश्व कप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ। एक दिवसीय मान्यतालाई निरन्तरता दिन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।