इङ्ल्यान्डले टस जितेर बलिङ राेज्याे, ३५ वर्षपछि तीव्र गतिका बलर भारतकाे नेतृत्व गर्दै

 असार १७, २०७९ शुक्रबार १५:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगको पाँचौँ तथा अन्तिम टेस्टमा इङ्ल्यान्डले पहिला बलिङ गर्दैछ । बर्मिङघममा टस जितेर इङ्ल्यान्डले बलिङ रोजेको हो ।

भारतको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । योसँगै कप्तानीमा बुमराहको डेब्यु हुनेछ । नियमित कप्तान रोहित शर्मालाई कोरोना सङ्क्रमण देखिएपछि तीव्र गतिका बलरले टिमको नेतृत्व गर्न लागेका हुन् । ३५ वर्षपछि पहिलाे पटक भारतीय टिमकाे नेतृत्व तीव्र गतिका बलरले गर्न लागेकाे हुन् । यसअघि सन् सन् १९८७ मा कपिल देवले भारतीय टिमको नेतृत्व गरेका थिए । 

पाँच खेलकाे शृङ्खलामा भारत दुई–एकले अघि छ ।

गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना सङ्क्रमण देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ । भ्रमणकै क्रममा तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला पनि हुनेछ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया