आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा देशले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सरकारलाई सचेत गराउनुभएकाे छ ।
आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद सिलवालले श्रम गर्न सक्ने एकल महिलाहरूलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न सरकारले प्रेरित गर्नुपर्ने धारणा राख्नुभयाे । उहाँले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘जो कमाउँछ, श्रम गर्नसक्छ, पढेको छ भने उसलाई भत्ता दिएर अल्छी बनाएर राख्ने कि आर्जन गर्नका लागि, अवसका लागि सरकारले प्रेरित गर्ने ? सक्षम, योग्य व्यक्तिले भत्ता लिने हाेइन काम गर्न थाल्ने हाे ।’