ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई हराएको छ ।
खेलमा नेपाल ६९ रनले विजयी भएको हो । किङ्ग सिटीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।
जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा १ सय ५१ रनमा अलआउट भयो । नेपालका विनोद भण्डारीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले ४२ रन जोडे । बसिर अहमदले २४ रन जोडे । घरेलु टोलीका शील पटेलले ३ विकेट लिए ।
ओन्टारियोका रियाज खान पठानले सर्वाधिक ३६ रन जोडे । नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले, आरिफ शेख र किशोर महतोले समान २/२ विकेट लिए । नेपाल र क्यानडाबीच असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।
क्यानडामा दुई एक दिवसीयपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुने छ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।
अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।