एन्फा टोली र साफ महासचिवबीच ढाकामा भेट : महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

 असार १८, २०७९ शनिबार ७:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राई नेतृत्वमा बङ्लादेशको ढाका पुगेको टोलीले साफका महासचिवसँग भेट गरेको छ ।

टोलीले ढाकामा रहेको साउथ एसियन फुटबल फेडेरेसन (साफ) मुख्यालयमा साफ महासचिव अनवरुल हक्व हेललसँग भेट गरेको हो ।

भेटमा एन्फा महासचिव राईले आउँदो अगस्ट २९ देखि सेप्टेम्बर १० तारिख अर्थात भदौ १३ गतेदेखि २५ गतेसम्म महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गर्नुभएको छ । नेपालको प्रस्तावमा साफ महासचिव सकारात्मक रहेको र साफ कङ्ग्रेसमा थप छलफल हुने एन्फाले जनाएको छ ।

राईको नेतृत्वमा बिहीवार ढाका गएको टोलीमा एन्फाका कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन् ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया