नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै

 असार १९, २०७९ आइतबार ९:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेलिरहेको छ ।

नेपाल र क्यानडाको राष्ट्रिय टोलीबिच भोलि र पर्सि एकदिवसीय खेल हुनेछ । त्यसपछि नेपाले स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखला हुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया