सभापतिलाई धेरै अधिकार आवश्यक छैन : महामन्त्री डा. कोइराला

आगामी महाधिवेशनमा कोइराला परिवारबाटै एकजना सभापतिको उम्मेवार बन्ने

 असोज ७, २०७५ आइतबार १२:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले पार्टी सभापतिलाई धेरै अधिकार दिन नहुने बताउनु भएको छ । रिपोर्टर्स क्लब पाँच नम्बर प्रदेशले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुक संघियतामा गएपछि पार्टीलाई पनि संघीय संरचनामा लैजानु आवश्यक रहेको बेला सभापतिमा अधिकार केन्द्रीत गर्न खोजे पार्टि नै चल्न नसक्ने बताउनुभयो ।
 
समय मै महाधिवेशन गर्नुपर्ने बताउँदै उहाँले आगामी महाधिवेशनमा कोइराला परिवारबाटै एक जना सभापतिको उम्मेवार बन्ने बताउनुभयो । महासमितिको बैठकले कांग्रेसको विधानलाई नयाँ जिवन दिने बताउनुभयो । महामन्त्री डाक्टर कोइरालाले सरकार दिशाहीन र गतिहीन बनिसकेको बताउँदै नागरिकमाथि करको भारी बोकाएर सम्बृद्ध मुलुक बनाउछु भन्नु प्रधामन्त्री ओलीको दिवा सपना मात्रै हो भन्नुभयो । 

उहाँले सरकारका जनविरोधी क्रियाकलापको कांग्रेसले सदन र सडकबाट प्रतिकार गर्ने बताउनुभयो । उहाँले चार वर्षपछि हुने चुनावबाट कांग्रेस मुलुकको पहिलो पार्टी बन्ने दाबी गर्दै कम्युनिष्टहरुको केन्द्रीकृत मानसिकताले संघीयताकै भविष्य संकटमा पारेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया