पहिराे गएपछि बन्द भएकाे दशरथचन्द राजमार्ग सञ्चालनमा

 असार २०, २०७९ सोमबार १०:३४:१६ | रासस
unn.prixa.net

फाइल फाेटाे

बैतडी - बैतडीमा पहिराे गएपछि बन्द भएकाे दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने ठाउँमा पहिरो खसेपछि हिजाे दिउँसो ३ बजेदेखि राजमार्ग बन्द भएको थियो ।

बन्द भएकाे राजमार्ग आज बिहानदेखि पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । गएराति ९ बजे एकतर्फी सञ्चालनमा आएको भए पनि पूर्णरूपमा भने आज बिहान मात्रै खुलेको हो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । राजमार्ग बन्द भएपछि अलपत्र परेका यात्रु सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा गएका छन् ।

अहिलेलाई सडक सञ्चालनमा आएको भए पनि वर्षा भएपछि त्यस ठाउँमा पहिरो खस्ने सम्भावना कायमै रहेको प्रहरी निरीक्षक जोशीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया