म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेसस आर्सनलमा अनुबन्ध

 असार २०, २०७९ सोमबार १५:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेसस आर्सनलमा अनुबन्ध भएका छन् । 

जेससलाई आर्सनलले ४५ मिलियन युरोमा लामो समयसम्मका लागि अनुबन्ध गरेको स्काई स्पोर्ट्सले जनाएको छ । आर्सनलका प्राविधिक निर्देशक एडुले गाब्रियललाई क्लब भित्राउनु ठूलो उपलब्धि रहेको र नयाँ सिजन थप उत्साहजनक हुने बताएका छन् । 

पाँच वटा सिजन म्यानचेस्टर सिटीमा रहेका जेससले दुई सय ३६ खेलमा ९५ गोल गरेका छन् । जेससले सन् २०१६ मा ब्राजिलको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया