ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - भारतसँगको पाँचाैँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्यान्डले राम्रो प्रदर्शन गरेको छ ।
चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ ।
इङ्ल्यान्डका जोय रुट ७६ रन र जोनी बेयरस्टो ७२ रनमा अविजित रहे । चौथो विकेटका लागि रुट र बेयरस्टोले १ सय ५० रनको अविजित साझेदारी गरेपछि इङ्ल्यान्ड जित उन्मुख रहेको छ । अन्तिम दिन इङ्ल्यान्डलाई जितको लागि १ सय १९ रन आवश्यक पर्दा ७ विकेट छ ।
इङ्ल्यान्डका ज्याक क्रली र एलेक्स लिसले १ सय ७ रनको शतकीय पारी खेले । पहिलो पारीमा १ सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा २ सय ४५ रन बनाएपछि समग्रमा इङ्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पाएको हो ।
इङ्ल्यान्ड विजयी भएमा पाँच टेस्ट खेलको श्रृङ्खला २–२ को बराबरीमा सकिनेछ । पराजित भएमा इङ्ल्यान्डले ३–२ ले श्रृङ्खला गुमाउनेछ । त्यस्तै बराबरी हुँदा इङ्ल्यान्डले २–१ ले गुमाउनेछ । गएको वर्ष पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत ४ वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचाैँ टेस्ट रोकिएको थियो ।
गएको वर्षकै श्रृङ्खला अन्तर्गत भारत र इङ्ल्यान्डले अहिले पाँचाैँ टेस्ट खेलेका हुन् । चार खेलमध्ये २ वटा भारतले र एउटा इङ्ल्यान्डले जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।