नेपालले आज क्यानडासँग पहिलो एक दिवसीय श्रृङ्खला खेल्दै

 असार २१, २०७९ मंगलबार ७:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग आज पहिलो एक दिवसीय श्रृङ्खला खेल्दैछ । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग आज र भोलि दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

क्यानडाले साद बिन जाफरको कप्तानीमा हिजो १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि क्यानडा पुगेको नेपाली टोलीले स्थानीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलिसकेको छ । नेपालले टी–२० अभ्यास खेलमा ओन्टारियोलाई ५५ रन र एक दिवसीय अभ्यास खेलमा ६९ रनले हराएको थियो ।

क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ । नेपालले स्कटल्यान्डमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीका साथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया