भारतसँगको पाँचौँ टेस्टमा इङ्ग्ल्यान्डकाे कीर्तिमानी जित, अहिलेसम्मकै ठूलो लक्ष्य पूरा

 असार २१, २०७९ मंगलबार १७:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगको पाँचौँ तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ग्ल्यान्डले कीर्तिमानी जित हासिल गरेको छ । भारतले दिएको तीन सय ७८ रनको लक्ष्य इङ्ल्यान्डले पाँचौँ दिनको खाना समयअघि नै मात्रै तीन विकेट गुमाएर पूरा गर्‍याे । इङ्ग्ल्यान्डले आफ्नो टेस्ट इतिहासमा अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गरेर कीर्तिमान बनाएको हो । जितसँगै पाँच खेलको टेस्ट शृङ्खला दुई–दुईको बराबरीमा सकिएको छ ।

यसअघि इङ्ग्ल्यान्डले सन् २०१९ मा लिड्समा अस्ट्रेलियासँगकाे खेलमा तीन सय  ५९ रनको लक्ष्य पूरा गरेको थियो ।

इङ्ग्ल्यान्डका जोय रुट एक सय ४२ र जोनी ब्रेस्टाे एक सय १४ रनमा नटआउट रहे । ब्रेस्टाेले पछिल्ला पाँच वटा खेलमा चार वटा शतक प्रहार गरेका छन् । एक सय नाै रनमा तीन विकेट गुमाएको इङ्ल्यान्डका लागि रुट र ब्रेस्टाेले दुई सय ५४ रनको साझेदारी गरे । रुटले भारतसँगको खेलमा अहिलेसम्मकै धेरै नाै वटा शतक पनि पूरा गरेका छन् ।

पहिलो पारीमा एक सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा दुई सय ४५ रन बनाएपछि समग्रमा इङ्ग्ल्यान्डले तीन सय ७८ रनको लक्ष्य पाएको हो ।

गएको वर्ष पाँच खेलको टेस्ट शृङ्खला अन्तर्गत चार वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचौँ टेस्ट रोकिएको थियो । गएको वर्षकै शृङ्खला अन्तर्गत भारत र इङ्ग्ल्यान्डले अहिले पाँचौँ टेस्ट खेलेका हुन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया