कप्तान सन्दीप लामिछानेले लङ्का प्रिमियर लिग खेल्ने

 असार २२, २०७९ बुधबार ७:४४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग खेल्ने भएका हुन् ।

एलपीएलको ड्राफ्टमा हिजो डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लङ्का प्रिमियर लिग जुलाई ३१ देखि सुरु हुनेछ । प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया