उच्च शिक्षा पढ्न पैसा भएन ? अब सरकारले सस्तो ब्याजदरमा ऋण दिन्छ

 असोज ७, २०७५ आइतबार १४:५७:४० | उज्यालो सहकर्मी

तपाइँले माध्यामिक तहको शिक्षा गर्नुभयो तर त्यसपछिको शिक्षाको लागि लगानी भएन ? त्यसो हो भने नआत्तिनुहोस्, माध्यमिक शिक्षापछिको उच्च शिक्षा र प्राविधिक शिक्षाको लागि सरकारले सहुलियतमा ऋण दिँदैछ । 

गएको भदौ २१ गते नै मन्त्रीपरिषद्ले पारित गरेको सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधिमा विभिन्न ७ वटा शिर्षकमा सहुलियतको कर्जा दिइने उल्लेख छ । 

त्यसमध्ये उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पनि उल्लेख छ । 

कार्यविधि अनुसार माध्यमिक तह पास गरेका तर २५ वर्ष उमेर ननाघेका युवाले शैक्षिक कर्जा पाउनेछन् । आर्थिक रुपमा विपन्न, सिमान्तकृत वा लक्षित वर्गको कसैले पढ्न चाहेमा बंैक तथा वित्तिय संस्थाबाट ५ लाख रुपैयाँसम्मको ऋण पाइने छ । 

यसको लागि उच्च शिक्षा पढिरहेको वा पढ्न चाहने इच्छा सहितको निवेदन, शैक्षिक प्रमाणपत्र, र विपन्न, सिमान्तकृत या लक्षित वर्गको युवा भएको सिफारिस स्थानीय तहले गर्नुपर्नेछ । 

यसको लागि अब राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिनेछ । त्यसपछि ऋण पाइने छ ।  यसरी लिएको ऋण ५ वर्षमा फिर्ता गर्नुपर्नेछ । 


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया