स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने

 असार २४, २०७९ शुक्रबार ७:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन् । 

क्वाटरफाइनलको खेलका क्रममा घाइते भएका नाडालले  निको नभएपछि सेमिफाइनल नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ । उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो ।

२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन् ।

नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । निकले भने अब उपाधिको लागि पर्सि आइतवार नोभाक जोकोभिच वा क्यामरुन नोरीसँग खेल्नेछन् ।

महिलातर्फ ट्युनिसियाकी ओन्स जाउबेर र कजाकिस्तानकी एलेना रिबाकिना फाइनलमा पुगेका छन् । 

ट्युनिसियाकी जाउबेरले ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो अरेबियन महिलाको कीर्तिमान समेत बनाएकी छिन् ।

यस्तै, रिबाकिना पनि महिला सिङ्गलतर्फ कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा पुग्ने कजाकिस्तानकी पहिलो महिला खेलाडी बनेकी बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया