यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कारकाे घटनामा हदम्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । आज शुक्रवार समितिले याैन हिंसाविरुद्धका केही ऐन संशाेधन गर्न बनेको विधेयकमाथिको छलफलमा हदम्याद बढाउने प्रस्तावमा सहमति जुटाएको हो ।
बलात्कारसम्बनधी घटनाको मुद्दामा हदम्याद हटाउन माग भइरहेका बेला संसदीय समितिले दुई थरी हदम्यादको प्रस्ताव गरेको हो । समितिले बालबालिका तथा अपाङ्गता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा तीन वर्षसम्मको हदम्याद राख्ने प्रस्ताव गरेको छ । यस्तो प्रस्तावसँगै समितिले जबरजस्ती करणीको परिभाषा, हदम्यादलगायतका यौनजन्य हिंसासम्बन्धी भएका कानुनहरूको अध्ययन गरी सरोकारवालासँग छलफल गरी जतिसक्दो चाँडो समग्र कानुन सुधारका लागि विधेयक प्रस्तुत गर्न नेपाल सरकारलाई निर्देशनसमेत दिएको छ ।
समिति सभापति कृष्णभक्त पोखरेलले समिति बैठकमा सरकारलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले सबै राजनीतिक दल र समितिमा विभिन्न सरोकारवाला निकायसँगको विभिन्न छलफलपछि सहमति भएको बताउनुभयो । उहाँले अन्य विकृतिको रूपमा अपवादमा हुने घटनाभन्दा पनि मुख्य कुरा महिलालाई उपभोगको वस्तु ठानेर महिलाको अस्तित्व लुट्ने कुरा प्रमुख भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुख्य भनेको महिलालाई उपभोगको वस्तु ठानेर अस्तित्व लुट्ने कुरा प्रमुख हो । गुल्मी, पोखरामा दुई पुरुषलाई के गरे भन्नु अपवाद हाे । नियम बनाउँदा आम प्रवृतिलाई हेरेर बनाउने हो । अपवादलाई विस्तारै गर्ने हो । ७० वर्ष नाघेकाे, अपाङ्ग, सुस्त मनस्थितिका लागि उजुरीकाे समय तीन वर्ष गरौँ । बालबालिकाकाे हकमा पनि उजुरी दिन तीन वर्ष गरेर अरू समग्रलाई दुई वर्षकाे हदम्याद गरेर जाऔँ ।’
बैठकमा नेकपा एमालेका सांसद शेरबहादुर तामाङले एक वर्षको हदम्यादलाई दुई वर्ष बनाउन प्रस्ताव गर्नुभयो । उहाँले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, सुस्त मनस्थितिहरूको हकमा पाँच वर्षसम्म बनाएर कानुनमा समग्रमा दुई वर्ष राख्न प्रस्ताव गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रकी सांसद गोमा देवकोटाले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, सुस्त मनस्थितिहरूको हकमा हदम्याद राख्न नहुने प्रस्ताव राख्नुभयो । उहाँले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, सुस्त मनस्थितिहरूबाहेकलाई पाँच वर्ष र सामूहिक बलात्कारको हकमा हदम्याद राख्न नहुने बताउनुभयो ।
नेकपा एमालेकी सांसद विमला विकले भने बलात्कारजस्तो अपराधमा दुई वर्ष हदम्याद राख्ने प्रस्तावकाे विरोध गर्नुभयो । उहाँले पीडामा परेका व्यक्तिहरूले आफू पीडित भएको कुरा बाहिर ल्याउने विषयमा समयसीमा राख्न नहुने जिकिर गर्नुभयो । सांसद विकले समितिमा सांसदहरूले दुई वर्ष हदम्याद राख्न सहमति गरेको बताउनुभयो ।
अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न पाउनेछन् । यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्नेछ । थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष तीन महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । उनीहरूको हकमा तीन महिना औषधि उपचार गर्नका लागि समय दिइएको हो । यसैगरी अपाङ्गता, ज्येष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।