नवौँ राष्ट्रिय खेलकुदकाे विजेता टाेलीलाई १० लाख रुपैयाँको आकर्षक 'ट्रफी'

 असार २४, २०७९ शुक्रबार १८:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवौँ राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ । आज शुक्रवार बसेको मुल आयोजक समितिको बैठकले कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो । 

बैठकले आवश्यकताअनुसार निर्देशिकामा रहेका १४ वटा विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न ठाउँमा हुँदैछ । प्रतियोगितामा सात वटा प्रदेश, तीन विभाग र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीले ३६ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

प्रतियोगितामा विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी दिइने भएको छ । मूल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टोलीलाई प्रदान गर्न १० लाख रुपैयाँको आकर्षण ट्रफी बनाउने निर्णय गरेको हो । सर्वाधिक स्वर्ण पदक विजेता टोलीले पाउने ट्रफी सरकारले बनाउने भएको हो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया