नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरको भनाइ

 असार २५, २०७९ शनिबार १६:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा यो जातको किरा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

काठमाण्डौको सिभिल अस्पतालमा यो किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । दाहालका अनुसार गएको  वर्ष पनि यो किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए । यो किरा बाहिरबाट आएको नभई यहीँ उत्पादन भएको हो । यो किराले लामखुट्टे जस्तो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसार्ने र जनस्वास्थ्यमा ठूलो रुपमा सङ्क्रमण नल्याउने उहाँले बताउनुभयो ।

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । त्यो रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उहाँ किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउनुहुन्छ । एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने  महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिनुभयो ।

लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने र सञ्चो नभए नजिकैको स्वास्थ्य सस्थामा उपचारका लागि जानुपर्ने हुन्छ ।  प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा यस्तो किराको जोखिम हुने गर्छ ।  
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया