राइबाकिना विम्बल्डन टेनिसको नयाँ च्याम्पियन

 असार २६, २०७९ आइतबार ७:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कजाकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

हिजो भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।

१७औँ वरियताकी राइबाकिनाले जाबेरलाई ३–६, ६–२ र ६–२ ले पराजित गरिन् । २३ वर्षीय राइबाकिनाको यो करियरकै पहिलो ग्रान्डस्लाम उपाधि हो ।

यस्तै, उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने कजाकिस्तानको पहिलो खेलाडी समेत बनेकी छिन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया