प्रतिबन्ध फुकुवासँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्ने

 असार २६, २०७९ आइतबार ११:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो ।

पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ ।

साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्नेछन् । महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ ।

तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासङ्घ (पीएफएफ) लाई सन् २०२१ अप्रिल ५ गते फिफाले निलम्बन गरेको थियो ।

गएको जुलाई १ मा फिफाले पाकिस्तानमाथि लगाएको निलम्बन फुकुवा गरेपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलेको छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया