बञ्चरे डाँडा जाने सडक बिग्रिएपछि काठमाण्डाैकाे फाेहर उठाउन समस्या

 असार २६, २०७९ आइतबार १४:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । उपत्यकाको फोहर फाल्ने गरिएको बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि फोहर व्यवस्थापनमा फेरि समस्या भएको हो ।

उपत्यकाबाट दैनिक दुईदेखि तीन सय ट्रक फोहर व्यवस्थापन गरिँदै आएकोमा अहिले सडकमा समस्या भएकाले दैनिक एक सय टनको हाराहारीमा मात्रै फोहर उठ्ने गरेको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । आधाभन्दा कम फोहर उठेकाले फेरि उपत्यकाको चोकचोकमा फोहर थुप्रिन थालेका छन् ।  

महानगरपालिकाले घरबाट फोहर उठाएपछि बञ्चरे डाँडासम्म पुर्‍याउन सडक बिग्रेर समस्या भएपछि अस्थायी व्यवस्थापन थालेको छ । महानगरपालिकाले टेकुको ट्रान्सफर स्टेशनमा रहेको फोहरलाई जीवातु (कुहाउने झाेल) राखेर प्लास्टिकले छोपेको छ । सहरमा उत्पादन भएको फोहर सङ्कलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहर छोपिएको राईले बताउनुभयो ।

यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । यसो गर्दा दुर्गन्ध फैलन पाउँदैन । यो  अस्थायी मात्रै भएको र बाटो सहज हुनेबित्तिक्कै फेरि फोहर व्यवस्थापन गरिने राईले बताउनुभयो । यो विधिबाट फोहोर व्यवस्थापन गर्दा फोहरबाट उत्पादन हुने दुर्गन्ध हट्छ । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने गाडी राख्ने तथा फोहर ट्रान्सफर गर्ने गरिएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया