कांग्रेस बैठक आज, देउवामाथि दबाब बढाउने शेखर कोइराला समूहको तयारी

 असार २७, २०७९ सोमबार ६:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउनुभएको हो । बैठकमा नेता शेखर कोइराला पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।

हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यसपटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएकोे छ ।

१४औँ महाधिवेशनपछि ६ महिनामा गरिसक्नुपर्ने विधानबाट निर्देशित कामसमेत सभापति देउवाले पूरा गर्न नसकेको कोइराला समूहको भनाइ छ । सभापति देउवाले सरकार सञ्चालनमा व्यस्त हुँदा विधानले गरेको कोषाध्यक्ष चयनदेखि सदस्यहरूको मनोनयन, विभाग गठन लगायत महत्त्वपूर्ण सङ्गठन व्यवस्थापनका काममा समय दिन सक्नुभएको छैन । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया