ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा नेपालले टस हारेर बलिङकाे निम्ताे पाएकाे छ ।
स्कटल्यान्डकाे क्याम्बुस्दुन न्यु ग्राउन्डमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्न लागेकाे हाे । आजकाे खेलमा नेपालबाट बसिर अहमदले डेब्यु गरेका छन् । बसिर एकदिवसीयमा नेपालबाट खेल्ने ३३ औँ खेलाडी हुन् ।
शृङ्खलाकाे दाेस्राे खेलमा नेपालले जुलाई १३ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । त्रिदेशीय शृङ्खलाका लागि नेपाल स्कटल्यान्ड भ्रमणमा गएकाे हाे ।
लिग–२ काे अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्कसहित पाँचौँ स्थानमा छ । नामिबिया १५ खेलमा १४ अङ्कसहित छैटौँ स्थानमा छ ।
यस्ताे छ नेपालकाे प्लेइङ–११:
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, राेहितकुमार पाैडेल, आरिफ शेख, आसिफ शेख (विकेटकिपर), करण केसी, बसिर अहमद, साेमपाल कामी, आदिल अन्सारी ।
*यसअघि क्यानले नेपालले ब्याटिङ गर्ने भनेकाेमा सच्याइएकाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।