अस्ट्रेलियासँगको दोस्रो टेस्टमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी, जयसूर्याले लिए १२ विकेट

 असार २७, २०७९ सोमबार १७:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : श्रीलङ्का क्रिकेट

काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी भएको छ । 

पहिलो पारीमा एक सय ८१ रनले पछि परेको अस्ट्रेलिया चाैथाे दिनको खाना समयपछि एक सय ५१ रनमा अलआउट भएपछि घरेलु टोली श्रीलङ्का १ इनिङ्स र ३९ रनले विजयी भयो । 

अस्ट्रेलियाका लागि मार्नुस लाबुशेनले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ६ विकेट लिए । उनले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए । यस्तै पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमालले दोहोरो शतक बनाए । उनी दुई सय ६ रनमा नटआउट रहे । 

जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएकाे छ । पहिलाे टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएकाे थियाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया