नेपालले आज स्कटल्यान्डसँग खेल्दै

 असार २९, २०७९ बुधबार ८:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । 

शृङ्खलाका लागि स्कटल्यान्ड पुगेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्कतालिकाको दोस्रो स्थानमा छ । नामिबिया पाँचाैँ स्थानमा छ ।

शृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल आउँदाे शनिवार नामिबिया र अन्तिम खेल आइतवार स्कटल्यान्डसँग खेल्ने तालिका छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष तीनमा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाबेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष तीनसँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्नेछ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया