माओवादी सांसदहरूको प्रश्न : एमालेको अर्थ विभागमा रहेका एम अधिकारी को हुन् ?

 असार २९, २०७९ बुधबार १२:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

माओवादी सांसद रेखा शर्मा

काठमाण्डाै – नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य बनेका एम अधिकारी भन्ने व्यक्तिको बारेमा संसदमा प्रश्न उठेको छ । 

प्रतिनिधि सभाको आज बुधवारको बैठकमा माओवादी केन्द्रका सांसदहरूले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भनेर प्रश्न गरेका हुन् । माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक ऐन तथा नियमावलीअनुसार गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आबद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको भन्दै यसबारे छानबिन गर्न माग गर्नुभएको छ ।  

माओवादी केन्द्रकी अर्की सांसद अमृता थापाले पनि यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो । 

नेकपा एमालेले असार २६ गते जारी गरेको अन्तर पार्टी निर्देशनको अर्थ विभागमा उल्लेख एम अधिकारी खोटाङ को हुन् भन्नेबारे बहस भइरहेको छ । धेरैले एम अधिकारी भनेको गभर्नर महाप्रसाद अधिकारी नै हो भने पनि अधिकारीले भने ट्विटरमार्फत एमाले अर्थ विभागमा रहेको मानिस आफू नभएको बताउनुभएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया