निर्माण सकिन नपाउँदै नारायणगढ–मुग्लिन सडक तीन ठाउँमा भासियो

 असोज ८, २०७५ सोमबार ८:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्माण सकिन नपाउँदै नारायणगढ–मुग्लिन सडकखण्डको तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालन भइरहेको छ

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर सडक भासिएको छ । ५ मिटर चौडा सडक झण्डै २० सेण्टिरमिटर भासिएको छ ।

सडकको फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन । यस्तै, १७ किलोमा ४० मिटर लम्बाइको सडक छ मिटर चौडाइ र दुई मिटर गहिरो गरि भासिएको छ ।

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा पनि ५० मिटर सडक भासिएको छ । पर्खालसमेत लच्किएकाले फेरि तलबाटै बनाउनु पर्ने सुझाव प्राविधिकले दिएका छन् ।

तीनवटै ठाउँमा ठेकेदार कम्पनीको बीमा हुने भएकाले काम सुरु भएको छैन । परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको आयोजन प्रमुख बिसुरालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया