रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हट्यो

 असार ३१, २०७९ शुक्रबार ९:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हटेको छ । आउँदो सिजनको लागि चेल्सीले म्यानचेस्टर युनाइटेडका मुख्य फरवार्ड रोनाल्डोलाई खरिद गर्ने इच्छा जनाएको थियो ।

चेल्सीले एजेन्टमार्फत युनाइटेड र रोनाल्डोसँग प्रारम्भिक चरणको छलफल पनि सुरु गरेको थियो । तर चेल्सीले अस्ति बुधवार म्यानचेस्टर सिटीका पूर्व फरवार्ड रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डोलाई भित्र्याउने योजना स्थगित गरेको बीबीसीले जनाएको छ ।

चेल्सीका प्रशिक्षक थोमस टुचेलले अब आफ्नो टिमलाई डिफेन्डरको मात्रै खाँचो रहेको बताएका छन् । स्टर्लिङलाई अनुबन्ध गर्न पाउँदा आफूहरु निकै खुसी भएको र उनी क्लबको मार्की खेलाडी बन्न सक्ने पनि टुचेलको भनाइ छ ।

यस्तै, युनाइटेडका प्रशिक्षक एरिक टेनले अहिले रोनाल्डोलाई बेच्ने कुनै तयारी र सम्भावना नरहेको बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया