रुकुम पश्चिममा चट्याङ लागेर एउटै घरका चार जना घाइते

 असार ३१, २०७९ शुक्रबार १०:४५:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् ।

आठबीसकोट नगरपालिका-१० घारीखोलाका गोपाल केसीको घरमा हिजो बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर उहाँकी ३२ वर्षीया श्रीमती खिमला, १२ वर्षीय छोरा लक्ष्मण, ६ वर्षीया छोरी पूजामाया र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका हुन् ।

घाइते चारै जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीे जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया