आईजीपी नियुक्ति विवाद : एआईजी पाेखरेलकाे रिट सर्वाेच्चद्वारा खारेज

 असार ३१, २०७९ शुक्रबार १६:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज भएकाे छ । पाेखरेलले प्रहरी महानिरीक्षकमा (आईजीपी) धीरजप्रताप सिंहकाे नियुक्तिविरुद्ध दायर गर्नुभएकाे रिट आज शुक्रवार सर्वाेच्च अदालतले खारेज गरेकाे हाे । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध पोखरेलले दायर गर्नुभएको रिट खारेज गर्ने फैसला गरेको हो । याेसँगै पाेखरेलकाे आईजीपी बन्ने सपना सकिएकाे छ । 

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज एआईजी पोखरेल पक्षका वकिलले जवाफी बहस गरेसँगै फैसला आएको हो । यस मुद्दामा आज शुक्रवार कामु प्रधानन्यायाधीश नेतृत्वकाे इजलासमा पाँचाैँ पटक सुनुवाइ भएकाे थियाे । 

गएकाे वैशाख १८ गते आईजीपीमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी पोखरेलले गएकाे वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । पाेखरेलले रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया