साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
अर्घाखाँची - नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले स्थापना गरेको जीपी कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट उज्यालो नेटवर्कका अर्घाखाँची सहकर्मी प्रेमनारायण आचार्य पुरस्कृत हुनुभएकाे छ।
अर्घाखाँची जिल्लामा रही विगत १२ वर्ष देखि व्यवसायिक पत्रकारिता गर्दै आएका आचार्यले जिल्लामा रही विभिन्न विधामा उत्कृष्ट कलम चलाएको ठहर गर्दै प्रेस युनियन अर्घाखाँचीले नगद ११ हजार एक सय ११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो ।
नेपाल प्रेस युनियन अर्घाखाँचीको साताैं जिल्ला अधिवेशन तथा १२ आैं साधारणसभामा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।