नामिबियासँगको खेलमा नेपालले पहिले बलिङ गर्ने

 असार ३२, २०७९ शनिबार १५:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ तथा फिल्डिङ गर्ने भएको हो ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । लिग–२ मा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । नामिबिया १७ खेलमा १६ अंकका साथ छैठौँ स्थानमा छ ।

नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया