नामिबियासँगको दोस्रो एक दिवसीय जित्न नेपालले पायो २ सय रनको लक्ष्य

 असार ३२, २०७९ शनिबार १९:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ । 

स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । उसका लागि गेर्हाड एरास्मसले सर्वाधिक ५७ र डेविड वाइजले ३४ रन बनाए । 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानले ४  विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ तथा बासिर अहमदले १ विकेट लिए । 

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । 

लिग–२ मा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया