काठमाण्डौ महानगरले आजदेखि कुहिने र नकुहिने वर्गीकरण गरेर मात्रै फोहर उठाउने

 साउन १, २०७९ आइतबार ६:५४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहर सङ्कलन गर्न थालेको छ ।

महानगरले यसअघि सार्वजनिक तालिका अनुसार आज कुहिने फोहर सङ्कलन हुनेछ । महानगरले कुहिने फोहर आइतवार र बुधवार तथा नकुहिने फोहर सोमवार र शुक्रवार सङ्कलन गर्नेछ । तोकिएअनुसार नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ ।

महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहर वर्गीकरण गर्न अनुरोध गरेको थियो । फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुनेछ । काठमाण्डौ महानगरको वातावरण विभाग प्रमुख सरीता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

नागरिकले सूचनालाई बेवास्ता गरेमा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने तयारी छ । पछिल्लो समय महानगरसहित काठमाण्डौ उपत्यकाका १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम जटिल बन्दै आएको छ ।

नुवाकोटको सिसडोल भरिनुका साथै त्यहाँसम्म जाने सडकमा स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दा समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि महानगरले नयाँ अभ्यास सुरु गरेको हो ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया