विश्व कप क्रिकेट लिग–२ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

 साउन १, २०७९ आइतबार ९:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । स्कटल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्डले २३ खेलमा ३२ अङ्क जोडेको छ ।

नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अङ्कका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।

समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया