नेपाल टस हारेर ब्याटिङमा, विनाेद र करण टाेलीमा फर्किँदा किशाेरकाे 'डेब्यु'

 साउन १, २०७९ आइतबार १५:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्यान्डसँगकाे खेलमा नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ । 

स्कटल्यान्डकाे ग्लासगाेमा स्कटल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्न लागेकाे हाे । आजकाे खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेकाे छ । आज पवन सर्राफकाे ठाउँमा करण केसी र आदिल अन्सारीकाे ठाउँमा विनाेद भण्डारीले माैका पाएका छन् । यस्तै बसिर अहमदकाे ठाउँमा किशाेर महताेले माैका पाएका छन् । किशाेरले आज एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न लागेका हुन् । 

शृङ्खला अन्तर्गत आफ्नाे पहिलाे खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । यस्तै दाेस्राे खेलमा स्कटल्यान्डलाई पाँच विकेटले हराउँदा तेस्राे खेलमा फेरि नामिबियासँग ६३ रनले पराजित भएकाे थियाे । 

यस्ताे छ नेपालकाे प्लेइङ ११–

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, राेहित पाैडेल, आरिफ शेख, आसिफ शेख, विनाेद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, साेमपाल कामी र किशाेर महताे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया