इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतलाई

 साउन २, २०७९ सोमबार ६:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले घरेलु टोली इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले श्रृङ्खला २–१ ले जितेको हो।

इङ्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । भारतका लागि ऋषव पन्तले अविजित रहँदै १ सय २५ रनको शतकीय पारी खेले ।

यस्तै, हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय पारी खेले भने रोहित शर्मा र विराट कोहलीले समान १७ रन बनाए । यस्तै,  सूर्यकुमार यादवले १६ रन बनाए । इङ्ल्यान्डका रिस टोप्लेले ३ तथा क्रेग ओभर्टन र ब्रेडन कार्सेले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जोस बट्लरले ६० रनको अर्धशतकीय पारी खेले भने  जासन रोयले ४१ रन बनाए । यस्तै, मोइन अलीले ३४,  क्रेग ओभर्टनले ३२ रन तथा लियाम लिभिङस्टोन र बेन स्टोक्सले समान २७ रन जोडे ।

भारतका हार्दिक पाण्डयले ४ विकेट लिँदा युजभेन्द्र चाहलले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया