साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

 साउन २, २०७९ सोमबार १३:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपालले साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनशिप फुटबलका लागि टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टोलीको घोषणा गरिएको हो ।

भारतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ ।

च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेलमा बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा खेल्नेछन् ।  

यस्ताे छ नेपाली टोली–  

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा 
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी  

यस्ताे छ तालिका–

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया