एसियन कप आयोजना गर्न ४ वटा देशको दाबी

 साउन २, २०७९ सोमबार १४:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एएफसी एसियन कप–२०२३ आयोजना गर्न चार वटा देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेशन (एएफसी) ले एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका जनाएको छ । 

चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक देशका लागि बोलपत्र आह्वान गरेको थियो । कोभिड–१९ को महामारीका कारण देखाएर चाइनिज फुटबल एसोसियशनले आयोजकबाट नाम फिर्ता लिएको थियो । 

एएफसीले दाबी पेस गर्ने चार देशको मूल्याङ्कन गरेर आयोजक देश घोषणा गर्ने जनाएको छ । एसियन कपमा २४ देशले सहभागिता जनाउने भएका छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया