नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

 साउन ३, २०७९ मंगलबार ९:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग दुई/दुई खेल खेलेको थियो । चार खेलमा नेपाल तीनमा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो । नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो । नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

यो तालिकामा ओमान ३६ खेलमा ४४ अङ्कसहित शीर्ष स्थानमा छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

शीर्ष ३ मा पर्ने नेपालको सम्भावना झिनो हुँदै गएको छ ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया